Table of Contents

जमुना महर्जन श्रेष्ठ, काठमाडौं, नेपाल (नेपाली)

मेरो जन्म पौष १३ गते २०२५ साल, किर्तिपुरमा भएको हो । मेरो बिवाह मंसिर, २०५१ सालमा देवेन्द्र नारायण श्रेष्ठसंंंग भएकोे हो । हाल झोछें बसन्तपुर, काठमाडौं महानगरपालिका वडा नं २३ मा बस्छु । मेरो परिवार एकल परिवार हो । मेरो दुई जना शौभाग्यवती छोरीहरु छन् । जेठी छोरी जुलियाना श्रेष्ठ जेठ, २०५३ सालमा र कान्छी छोरी हिसिलिना श्रेष्ठ माघ, २०६० सालमा जन्मेकी हुन् । हाल जेठी छोरी बी.बी.ए तेस्रो वर्षमा काठमाडौं विश्वविद्यालयमा र कान्छी छोरी कक्षा ६ मा लेवोरेटरी उच्च माध्यामिक विद्यालयमा पढ्दैछन् ।

जमुना महर्जन श्रेष्ठ, सन् २०१२ मा श्रीलंकामा फ्रान्ससले खिच्नु भएको फोटो

म नेवार जातीमा जन्म भए पनि नेवारभित्र कै सर्वश्रेष्ठ मानिने जातमा मागी विवाह भयो । मेरो
माइती परिवार बौद्ध धर्ममा विश्वास राख्नु हुन्छ भने श्रीमानको परिवार हिन्दु धर्ममा विश्वास राख्नु
हुन्छ तर म आपूm भने संसारभरीका मानिसहरु एकै हुन् र स्वतन्त्र रुपमा सम्मानका साथ जिउन
पाउनुपर्छ भन्ने कुरामा विश्वास राख्दछु । यो जात जाती, ठूलो सानो, धर्म संस्कृति, लैंङ्गिकता भन्ने कुरा
सबै मानिसहरुले नै बनाएका हुन् जसले गर्दा आर्थिक, सामाजिक हिसाबले कमजोर व्यक्तिहरु शोषणमा
परिरहेका छन् । यसको एउटा उदाहरण म आपैm हुँ जो श्रीमान्को परिवारको सदस्यहरुले यिनी किसानी
भनेर हेपिएकी थिए सायद यहि कारणले होला म जस्तै शोषणमा परेका व्यक्तिहरुको शान्ति र
सहयोगको लागि मनोसामाजिक सहयोग कार्यमा लागिरहेकी छु । सानो परिवारबाट ठूलो परिवारमा
अनि किसान परिवारकी भनेर मैले धेरै आत्मसम्मानमा चोट पुग्ने कुराहरु सुन्नु परेको थियो र साथमा
थुप्रै चुनौतिहरुको सामना पनि गर्नु प¥यो । यी कुराहरु सम्झिंदा मेरी जेठी छोरीले लेखेको कुरालाई यहाँ
जोड्न चाहन्छु –“उहि महिला जो भगवानको स्वरुपमा हुन्छिन त मानिसहरु डरले थुरथुर भएर विभिन्न
भाकल र पूजा गरी खुट्टा ढोग्छन् तर त्यहि महिला जो मनुष्यको स्वरुपमा हुन्छिन त उनी माथि
अन्याय, अत्याचार र दुव्र्यवहार गर्छन् ” मैले पनि महिला भएकै कारणले धेरै भेदभावपूर्ण व्यवहारहरु
खेपेकी छु र जहिले पनि सोच्छु की कसरी यस्ता आन्तरिक र बाह्य द्वन्द्वहरुलाई अहिंसात्मक
तरिकाबाट समाधान गर्न सकिन्छ होला ! मेरो परिवारमा म एउटी काम गर्ने भएको कारणले
मेलै आप्mना मनका वेदनाहरु साथीहरुसंग बाँड्थें जसले गर्दा मन हल्का हुन्थ्यो र हौसला मिल्थ्यो
साथमा मलाई मनपर्ने क्रियाकलापहरु गर्थें जस्तैः नयाँ नयाँ ठाउँहरुमा घुम्न जाने, जाडोयाममा
सुइटरहरु बुन्ने, मिठोमिठो खानेकुराहरु पकाउने, आप्mनै भाषाको लोकगीतहरुमा नाच्ने आदि ।

पेशागत हिसाबले मेरो ज्ञान र अनुभव अनुसार र एक मनोसामाजिक मनोविमर्शकर्ताको हैसियतले पनि
म सोच्ने गर्थे कि हरेक व्यक्तिहरुको कुरा बुभ्mने र ग्रहण गर्ने तरिका फरक फरक हुन्छन् त्यसैले
एकदिन मेरो परिवारले पनि मलाई बुभ्mनेछन् । धेरै गा¥हो थियो वहाँहरुलाई बुभ्mन र बुझाउनको
लागि तर पनि मनमा कुनै निसंकोच नमानी वहाँहरुको मद्दत र स्याहारसुसार गरी नै रहन्थें । मनमा
धेरै कुराहरु खेल्थ्यो तर पनि सोच्थें यदि मैले अस्पतालमा काम गरेको भए मैले सबैलाई एक समानले
सेवा गर्नुपर्छ भने यी त मेरा परिवार हुन् मैले यस्तो सोच्नु हुँदैन मेरो जिम्मेवारी र दायित्व हो भनेर
मन बुझाउँथे । अन्तमा मेरा परिवारले मलाई राम्ररी बुभ्mनुभयो । अहिले म एकदम खुशी छु ।

मंसिर, २०७१ साल, श्रीमान्को भतिजाको बिहे भोजको दिन जमुनाको साथ परिवार

एउटा पारामेडिकल विद्यार्थीको हैसियतले मैले सन् १९९१ मा यो सामाजिक सेवा क्षेत्रमा स्वयंम सेवा
गर्न थालेंं । त्यो समयमा नेपालमा प्रजातन्त्रको लागि जनआन्दोलन भैरहेको थियो । काठमाडौंमा धेरै
मानवअधिकार हननका गतिविधिहरु साथै धेरै जना शहिद पनि भए । यसले शहिद परिवारका
सदस्यहरुलाई मानसिक आघात परेको थियो । त्यसमा पनि भर्खरै विवाह भएका महिला दिदीबहिनीहरु
जसले आप्mना श्रीमान् गुमाएका थिए । भनिन्छ “पर डाँडामा डँडेलो लागेको सबैले देख्न सक्छ तर
मनको डँडेलो कसैले देख्न सकिंदैन ” यस्तै गरी मनमा चोट परेकाहरुलाई उनीहरुको दुःख वेदनालाई
सुन्न थालें भित्री मनले मनन गरेर बुभ्mन थालें । औषधी बिना नै निको भएको आभास गर्न थाले
मात्रै राम्ररी ध्यानदिएर सुनिदिंदा । मलाई पनि लाग्यो ओहो कस्तो महत्वपूर्ण कुरा रहेछ सुनिदिने काम ।

सन् १९९१ मा नेपालको पूर्वी नेपालको झापा जिल्लामा भुटानी शरणार्थीहरु आउन थाले । जंगलमा
खुल्ला आकाशमुनि र माई खोलाको किनारामा बस्न थाल्यो । भारतको बाटो हुँदै दिनदिनै भुटानी
शरणार्थीहरुको संख्या बढ्न थाल्यो । संगसंगै सरुवारोगहरु झाडापखाला, आऊँ, आँखा पाक्ने, छाला
रोगहरु आदि द्रृतगतिमा बढ्र्न थाल्यो । यसै क्रममा काठमाडौंबाट स्वास्थ्य टोली उपचारको लागि जाने
तय भयो । त्यसमा म पनि एकजना सदस्य थिएं ।

स्वास्थ्थ सेवा दिने क्रममा कपडाले टाँगेका झुपडीहरुमा मेरा केहि साथीहरु लगायत म पनि भ्रमणमा
गएकी थिएं । २−४ वटा झुपडीहरुमा मात्रै के गएका थियौं हामीले आत्महत्या गर्ने प्रयास गरेका
केशहरु भेटायौं । भुटानबाट खेदिने क्रममा यातना पाएको, यौन दुव्र्यवहारमा परेको, विभिन्न हिसाबले
मानव अधिकार हनन भएको आदि कारणहरु पत्ता लाग्यो तर केहि भने नेपाल आइसके पछि पनि
आफन्त र नजिकको नेपाली गाउँलेहरुले पनि यौन दुव्र्यवहार गरेका रहेछन् । यस्तो घटना घटेछन् भनेर
थाहा पाएपछि परिवारले र समुदायले स्वीकार्न गाहे मानेको कुराहरु पनि पत्ता लगायौं । पिडितहरु
धेरै महिलाहरु थिए तर यी कुराहरु बुभ्mने क्रममा छोटो सुनाईले पनि राहत महसुस गर्नुभयो ।
यो कुराले म मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग क्षेत्रमा काम गर्न एकदमै उत्प्रेरित र
उत्साहित भएँ । त्यो अवस्थाको प्रतिक्रिया स्वरुप तुरुन्तै मानसिक स्वास्थ्य तथा मनोसामाजिक
सहयोगको ढाँचा तयार गरी कार्यक्रम शरु ग¥यौं । यसरी म शुरुवात देखि तेस्रो मुलुकमा पुनर्बासको
बेला सम्ममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा भुटानी शरणार्थीसंग संलग्न भइनैरहें । यसरी मैले मानसिक
स्वास्थ्य तथा मनोसामाजिक सहयोग, भुटानी शरणार्थी लगायत, तिब्बती शरणार्थी, शहरी क्षेत्रमा
बसोबास गर्ने शरणार्थी, १५ वर्ष सम्म यातना पिडित, १० वर्षे जनयुद्धमा प्रत्यक्ष
अप्रत्यक्ष प्रभावित बालबालिका तथा महिला, घरेलु हिंसा, यौन हिंसा, मानव बेचबिखन, प्राकृतिक
प्रकोप आदि जोखिम अवस्थाका व्यक्तिहरुलाई हाल सम्म सहयोग गर्दै आइरहेकी छु ।

मेरो एभिपी यात्रा
मेरो एभिपी यात्रा सन् २००८ बाट शुरु भएको हो । त्यतिबेला मैले एभिपी आधारभूत र एड्भान्स
लेवलमा मात्र सहभागी हुन पाँए । त्द्धँ मा सहभागी हुन पाएन । म त्यतिबेला छनौट भएपनि
अकस्मात मेरो हजुरआमा स्वर्गारोहण हुनुभएको कारणले सहभागी हुन सकिन तर पनि म
सहजकर्ताको रुपमा छनौट भएँ । त्यसपछि सन् २००९ देखि एभिपी सहजिकरण शुरु गर्न थालेको हाल
सम्म लगातार रुपमा गरिराखेकी छु । सन् २००९ देखि हाल सम्ममा थुप्रै समुहहरुसंग काम गरिसकें ।
जस्तैः महिला, बालबालिका, युवा, वयस्क, त्एइ नेपाल र ग्ल्ज्ऋच् को सहयोगमा शरणार्थी
९विभिन्न क्याम्पहरुमा र अर्वन सेटिङमा०, अपाङ्ग, र विभिन्न जोखिम समुहहरुसंग, काठमाडौं लगायत
पूर्व देखि मध्यपश्चिमका तराई र पहाडी जिल्लाहरु ।

 

जमुना र साथमा भूटानी शरणार्थी, शनिश्चर क्याम्प, पथरी, मोरङ, नेपाल

सन् २०१२ अक्टोवरमा मैले T4F लिने मौका पाएँ । हाल सम्म मैले AVP basic level –३, Advance level –२, Discernments –१, Trauma  healing –१ , र T4F  –१ मा सहभागी

भएँ भने ८० भन्दा बढी एभीपी कार्यशालाहरु राष्ट्रिय र अन्र्तराष्ट्रिय सहजकर्ताहरुसंग सहजिकरण गर्दै
आइरहेकी छु । अन्र्तराष्ट्रिय सहजकर्ताहरुमा Ken Woods, Rupa Lama, John Michaelis,
Nadine Hoover, Carroll Boone, Bheena, Chris, Vidya Sutton, र Judith Simpson  हुन्

सन् २०१४ मा मैले आयरल्याण्डमा भएको एभिपी अन्र्तराष्ट्रिय सम्मेलनमा भागलिने मौका पाएँ ।
जसमा AVP Discernment मा Nadine Hoover, Petrus र किशोर रिजालसँग सहजिकरण
गरियो । साथमा थुप्रै स−साना कार्यशालाहरुमा सहभागी भएँ । जसमा मैले धेरै नयाँ
नयाँ सिकाई र अनुभवहरु बटुल्ने अवसर पाएँ ।

२०७२ वैशाख, १२ अर्थात, सन् २०१५ अप्रिल २५ मा नेपालमा गएको ठूलो विनाशकारी भूकम्पले १४
वटा जिल्लाहरुमा प्रभावित पारे । ९ हजार भन्दा बढीको मृत्यु र १० हजार भन्दा बढी घाइते भए ।
मेरो घर पनि पूर्ण रुपमा क्षति भयो । मैले Friends Peace Team बाट केही आर्थिक सहयोग
पाएको छु । यसको लागि Friends Peace Team लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । विनाशकारी
भूकम्पको एक हप्ता पछाडी नै TPO नेपालले विभिन्न प्रभावित जिल्लाहरुमा सहयोग गर्न थालियो ।
केहि हप्तापछि अन्र्तराष्ट्रिय सहजकर्ताहरु Ken Woods, Vidya Sutton, र Judith Simpson हरु
आइपुग्नु भयो । टीपीओ नेपाल र वहाँहरु मिलेर AVP +TH (trauma healing) गरेर २ दिनको
मिनी कार्यशालाहरुको ढाँचा तयार ग¥यौं र प्रभावित जिल्लाहरुमा शिक्षक र विद्यार्थीहरुलाई सहयोग
ग¥यौं जुन एकदमै प्रभावकारी भयो । मलाई लाग्छ यो व्यक्तिगत जीवनमा मात्र नभई पेशागत
जीवनमा पनि त्यतिकै प्रभावकारी छ । त्यसैले मैले सक्दो यो मोडलमा मेरो कार्य क्षेत्रमा पनि समावेश
गर्दै आइरहेकी छु । भविष्यमा पनि सकेसम्म मेरो जीवन सँगसँगै एभीपी यात्रामा सहभागी भइरहने
छु ।
धन्यवाद ।

डिसेम्बर, २०१५